जमशेरद्धारा कपिलवस्तुको वाणगंगाका ४४ परिवारलाई राहत



सनिउल्ला धोबी, कपिलवस्तु वैशाख २६।कपिलवस्तुका मनकारी जमसेद अलि मिया कहीकतै कसैलाई खाना छैन भनेर सुनेपछी राहत लिएर घर मै पुग्ने गरेका छन । मनकारी मियाले गरिब परिवारलाई कसैलाई पनि भोकै बस्न नपरोस भन्दै राहत वितरण कार्यलाई निरन्तरता दिईरहेका छन ।

मियाँले आज कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८ चप्परगाँउ स्थित रहेको सिसहनिया गाँउका ४४ घर मजदुर परिवारलाई राहत वितरण गरेका हुन । सिसहनियाका गाँउका ४४ घर परिवारलाई खद्यान्न अभाव भएपछि कठिनाईमा परेको खबर पाएसंगै सो स्थानमा राहत लिएर गएको मियाले बताए ।

मुस्लीमहरुको पवित्रा महिना रमजानको अवसरमा राहत वितरण गरेको उनले बताए। मियाले रमजान महिनामा मुस्लिमहरुले खाने सेवाई १ के.जी, चिनी १ के.जी चामल १० के.जी, दाल ३ केजी लगायतका राहत सामाग्री वितरण गरेका थिए।

सिहहनियाका ४४ घर परिवार राहत पाएपछी आफुहरुलाई धेरै खुशि लागेको स्थानिय समिर मियाँले बताए । समिर मियाले भने ´हामी गरिब मजदुर रहेकोले लकडाउनले गर्दा काम बन्द भएपछी आफुहरुलाई खद्यान्न अभाव भएको समय जमशेरले राहत प्रदान गर्नु धेरै नै प्रशांसनीय कार्य भएको बताए।’

सिसहनियाका ४४ घर परिवारलाई सामाजिक दुरी कायम गरी स्थानिय युवाको सहयोगमा राहत वितरण गरिएको थियो । मियाले केही दिन पहिले शिवराज नगरपालिकाको १६ सय घर परिवारलाई पुग्ने आठ लाख बराबरको राहत सामाग्री शिवराज नगरपालिकालाई हस्तन्तण गरेका थिए । केही दिन पहिले राहत कपिलवस्तुको अधिकांस स्थानिय तहसंग समन्वय गरेर राहत वितरण गर्दै आएका छन ।
मनकारी जमशेर अलि मिया चन्द्रौटा उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष र अटल सिमेन्ट उद्योगका सञ्चालक हुन ।

प्रतिक्रिया दिनुहोस्