पञ्‍चकन्यामा खसी चोरी भएको भन्दै प्रहरीमा उजुरी




नुवाकोट,बैशाख-२७ । खसी चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय पञ्‍चकन्यामा उजुरी परेको छ । पञ्‍चकन्या गाउँपालिका ३ घलेभञ्‍ज्याङका टेकबहादुर भण्डारीले आफ्नो खसी चोरी भएको भन्दै शनिबार इलाका प्रहरी कार्यालय पञ्चकन्यामा उजुरी दिएका हुन् । भण्डारीको घरभन्दा करिब ६ सय मिटर टाढा रहेको गोठबाट शुक्रबार राति एउटा खसी चोरी भएको हो । गोठको ताला फोडेर चोरी गरिएको भन्दै खोजतलास गरी दोषी पत्ता लगाउन मागसहित प्रहरी कार्यालयमा उजुरी दिएको भण्डारी परिवारले जनाएको छ ।

उनको गोठमा रहेका दुई भैंसी र ८ खसीबोका थिए । भण्डारीको आफ्‍नो घर नजिक रहेको एक होटलमा मध्यराति ४/५ जना समूहमा रहेकाले केही गिलास र मादक पदार्थ लिएर गएको खबरका आधारमा चोरी भएको आशंका गरिएको हो । हराएको खसीको मूल्य १४ हजार पर्ने अनुमान छ ।

उजुरीपछि खोजतलासका लागि टोली परिचालन र अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय पञ्‍चकन्याले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्