प्युठान कोरोना अप्डेट : ३९ जनाको पिसिआर नेगेटिभ



राम बहादुर बिश्वकर्मा, बैशाख-२९ । प्युठानमा ३९ जनाको कोरोना भाईरस (कोभिड १९) नमूना स्वाव परीक्षण पीसिआर नेगेटिभ आएको छ ।म्याग्दी र काठमाडौबाट आएका प्युठानका पुरुषमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा पोजेटिभ देखिएका २ सहित ३९ जनाको स्वाव भैरहवा पठाइएको थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइएका सवै स्वावमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिए । उनका अनुसार प्युठानबाट पीसिआर परिक्षणका लागि भैरहवा पठाईएका सबै गौमुखी गाउँपालिका र प्युठान नगरपालिकाका स्थानिय बासिन्दा हुन।

आज सम्म प्युठान सुरक्षित रहेको बताउदै सुबेदीले सचेत र सजग रहन सबैमा आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्