कपिलवस्तुमा तीन महिनामा ६ निलगाई मृत फेला



सनिउल्ला धोेबी, बैशाख-३०। कपिलवस्तुमा वन्यजन्तुको चोरी शिकारी बढेसंगै पछिल्लो तीन  महिनामा कपिलवस्तुमा ६ वटा निलगाई मृत भेटीएका छन । बन्दाबन्दीका समयमा संरक्षित वन वन्यजन्तुको शिकार गर्ने क्रम बढेको एक तथ्यंकले देखाएको छ ।

आइतबार कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ९ स्थित शिवभारी गाँउको खेतमा वयस्क एक निलगाई मृत भटिएको थियो । यससंगै मृत निलगाईको संख्या ६ पुगेको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसअघि २०७६ को फागुन १३ गते महाराजगंज नगरपालिका वडा नं ५ पण्डीतडिहवामा एक निलगाई, चैत्र ३ गते महाराजगंज नगरपालिका वडा नं ७ कुशहवामा एक मृत निलगाई फेला परेको थियो । त्यस्तै चैत्र १५ गते शिवराज नगरपालिका ७ गडगौडामा एक मृत निलगाई फेला परेको हो ।
यसैविच २०७७ सुरु भएपछी वैशाख ९ गते महाराजजगंज नगरपालिका वडा नं ७ कुशहवामा एक , वैशाख १५ गते कृष्णनगर नगरपालिका वडा नं ८ लोहरौलामा एक निलगाई मृत भेटीएको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन बन अधिकृत दुर्गा बहादुर कार्कीले जानकारी दिनु भयो ।

कपिलवस्तुको वनका कर्मचारीले सुरुको आवस्थामा सरकारले लागु गरेको लकडाउनको निर्देशनको पालन गर्दा वन तस्करहरु सक्रिय भएकाले वन्यजन्तु र काठ चोरी निकास बढेको बताएका छन् । वन क्षेत्रमा वन रक्षक र प्रहरी परिचालन गरिएको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका वन अधिकृत एजाज अन्सारीले बताउनु भयो । मृत भेटिएका निलगाईलाई गौतमबुद्ध डिभिजन वन कार्यालय नजिकै खाडल खनी गाडीएको वन अधिकृत अन्सारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्