काठमाडौ बाट प्युठान गएका ११ जनामा आरडिटि पोजेटिभ,पीसीआरका लागि भैरहवा पठाईदैँ



राम बहादुर बिश्वकर्मा,बैशाख-३० । आरडीटी परीक्षण गर्दा प्यूठानमा ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । २० देखि ३५ वर्षका ती महिला र पुरुषलाई १५ दिन अघि जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो। उनीहरु गत बैशाख १६ गते काठमाण्डौ बाट घर फर्केका थिए।

प्युठान नगरपालिका का मेयर अर्जुनकुमार कक्षपतिले प्यूठान नगरपालिका ९ स्थित सिर्जनशिल तारा इङलिस बोर्डिङ स्कुल बुढादेबिका ५ जना पुरुष २ जना महिला , फुलबारी क्वारेन्टाइनका २ जना पुरुष र १ महिला ,धगे क्वारेन्टाइन बाट १ जना पुरुष गरि जम्मा ८ जना पुरुष र ३ जना महिला गरि ११ जनामा आरडीटी पोजेटिभ देखिएको जानकारी दिनुभयो। मङ्गलबार आरडिटी परीक्षणमा पोजेटिभ नतिजा आएपछि उनिहरुको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाउने तयारी भएको समेत कक्षपतिले बताउनुभयो।

थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि मात्र कोरोना संक्रमण भए नभएको पुष्टी हुन्छ ।क्वारेन्टाइनमा बसेका उनीहरुलाई आज चौधौ दिनमा आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएको थियो। उनिहरुलाई पुनः क्वारेन्टाइनमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस्