काठमाडौ र कपिलवस्तुमा थपिए दुई कोरोना संक्रमित, संख्या २४५ पुग्यो



काठमाडौ,जेठ -१ ।काठमाडौमा एक  र कपिलवस्तुमा एक गरी दुई जना कोरोना संक्रमितको संख्या पुनः बढेको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण भेटिएको  हो ।

योसँगै नेपालमा कोरोना पुष्टि भएकाको संख्या २ सय ४५ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्