प्युठानमा राजमोको मसाल जुलुस:कालापानीमा सेना राख्न माग



टेकराज भुसाल, प्युठान। सामाजिक दुरि कायम गर्दै राष्ट्रीय जनमोर्चा गौमुखी गाउँपालिका कमिटिले बिभिन्न स्थानमा भारत बिरुद्द प्रदर्शन गरेको छ। राजमोले गाउपालिका भित्रका ठुलाबेसी, खुङ्ग र पुजामा भारतले नेपाल माथी हस्तक्षेप गरेको भन्दै विरोध स्वरुप मसाल जुलुस प्रदर्शन गरेको राजमो गौमुखीले जनाएको हो । बिरोध प्रदर्शनमा सहभगी राजमोका कार्यकर्ताल ‘कालापानी ,लिपुलेक,लिम्पियाधुरा हाम्रो हो,भारतीय साम्राज्यवाद मुर्दाबाद, गो ब्याक ईन्डिया ,कालापानीमा नेपाली सेना परिचालन गर लगायतका विभिन्न नारा लगाए। मसाल जुलुस सहित बिरोधमा उत्रीएका उनिहरुले कोण सभा समेत गरे ।

गौमुखी ५ खुङमा आयोजित उक्त कोण सभालाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चा प्युठानका सचीव बिदुर मल्लले कालापानीबाट भारतीय सेना तुरुन्तै हट्नुपर्ने बताए। यदि भारतले नेपाली भुमी कालापानीबाट आफ्नो सेना नहटाए सरकार अन्तर्राष्ट्रिय अदालतमा यो मुद्दा उठाउनु पर्ने उनले सुझाब दिए । साथै उहाँले राष्ट्रिय जनमोर्चा देशको अस्तित्व रक्षाको लागि ज्यानको आहुती दिन तयार रहेको भन्दै जनताहरु देश जोगाउन जाग्नुपर्ने बेलाभएको मल्लले बताए।

उक्त कोण सभाको संचालन अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य बरुनधोज मल्लले गरेका थिए।
त्यस्तै, ठुलाबेसीमा आयोजित बिरोधसभालाई नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञयामुराम न्यौपाने, राजमोका नेता भरत के सि, हरि बहादुर के सि ले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्