पूर्व राजाले पाए सवारी पास,काठमाडौ आउदै



काठमाडौ,जेठ-२ । पूर्व राजाले सवारी पास पाएका छन् ।लकडाउनका कारण झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह अहिले काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमतिमा झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि उनी काठमाडौंतर्फ आएका हुन ।

गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजाले पास लिईसकेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

आफ्नो ब्यक्तिगत भ्रमणका सिलसिलामा झापा पुगेका पूर्व राजासहित उनका परिवार लकडाउन कारण त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका थिए।

प्रतिक्रिया दिनुहोस्