पर्सामा कोरोना संक्रमित भागे प्रहरीले गोली हान्ने



काठमाडौ,जेठ-२ पर्सामा संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोलीसम्म हान्न सक्ने अधिकार दिईएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विहिबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त  अधिकार दिएको हो ।

गएको  बुधबार मात्र वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुई जना  कोरोना संक्रमित  शौचालय जाने  भन्दै भागेका थिए ।पछि  प्रहरीले उनीहरूलाई  पक्राउ गरेको थियो ।

सोही घटनालाई मध्यनजर गर्दै केन्द्रले संक्रमित अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्