पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु



दमौली,  जेठ-२  । पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु  भएको छ।तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अङ्कित साथीहरुसँग पौडी खेल्न खोलामा गएका थिए। उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी  कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

उनको दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्