शिक्षिकाद्वारा आफ्नै घरमा आत्महत्या



धादिङ,जेठ-३ । धादिङ जिल्ला नीलकण्ठस्थित एक शिक्षिकाले आफ्नै घरमा पासो लगाइ आत्महत्या गरेकी छिन् । आत्महत्या गर्ने शिक्षिका रुवीभ्यालीको दोङदेङ माध्यमिक विद्यालयमा पढाउने ३० वर्षीया शिक्षिका चाँदनी तामाङ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शिक्षिका तामाङले धादिङको सदरमुकाम निलकण्ठस्थित बन्दै गरेको आफ्नै घरमा पासो लगाइ आत्महत्या गरेकी हुन।

शिक्षिका तामाङको श्रीमान् विजय तामाङ लामो समयदेखि वैदेशिक रोजगारी अन्तर्गत मलेसियामा छन। विगत ४ वर्षदेखि मलेसियामा रहेर पठाएको रकमले नीलकण्ठ नगरपालिका–४ मा शिक्षिका तामाङले नयाँ घर बनाउदै थिइन।

आत्महत्याको कारण भने खुल्न सकेको छैन। यद्यपि आत्महत्या गर्नुअघि लेखेको पत्रमा छोरालाई राम्रोसँग लालनपालन गरी दिन उनले आफन्तजनहरुसँग आग्रह गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्