कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न नुवाकोटको ककनी गाउँपालिका सिल



नुवाकोट,जेठ-३ । नुवाकोटको ककनी गाँउपालिकाले कोराना भाईरसको संभावित संक्रमण नियन्त्रण तथा रोकथामका लागि गाउँपालिकालाई  आईतबारदेखि सिल गर्ने निर्णय गरेको  छ ।  गाँउपालिकाले शनिबार सूचना  जारी गर्दै अत्यावश्यक एम्बुलेन्स र औसधि पसल बाहेक अन्य सवारीसाधन तथा ब्यापार ब्यवासाय संचालनमा  रोक लगाएको छ।गाउँपालिकाले लकडाउनको अवधिमा   अनावश्यक रुपमा पैैदल हिडडुल र भिडभाड नगर्न समेत  आग्रह गरेको हो । 

गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले कोरोना भाइरसको बढ्दो संक्रमण  न्यूनीकरणका लागि सम्पुर्ण  कार्यालय तथा अन्य संघसंस्थाहरु  बन्द गरी घरमै बसेर असल नागरिकको भुमिका निर्वाह गरिदिन सबैलाई आग्रह गरेका छन। गाँउपालिकाले जारी गरेको सूचनालाई बेवास्ता गरेको पाइएमा कानुन बमोजिम कडा कारबाहि गरिने समेत  जारी सूचनामा सुचित गरिएको अध्यक्ष लामाले बताए ।

अत्यावश्यक सूचनाका लागि गाँउपालिका क्षेत्रका आफ्ना नागरिकलाई गाउँपालिका सदैव खुल्ला रहेको जनाए । गाउँपालिका सिल अवधि भने  जेठ १२ गते सम्मका  लागी गरिएको बताइएको  छ । 

प्रतिक्रिया दिनुहोस्