तरकारी बेचेर वार्षिक ५ लाख आम्दानी



बिमल प्रसाद पाेख्रेल, जेठ-४ । प्युठानकाे झिमरुक गाउपालिका १ बागमाराका ३५ बर्षिय युवा केसर बिसिले तरकारी खेती गर्न थालेको तीन बर्ष भयो । उनले सुरुमा आफ्नै पाँच रोपनी क्षेत्रफलमा मौसमी एवं बेमौसमी तरकारी लगाएका थिए । अहिले बारीमा बन्दागोबी,काउलि, टमाटर लगाएतका तरकारी फलेर लटरम्म  छ। तिनै तरकारीको रेखदेख र हेरचाहमै उनको दैनिकी बित्छ। तरकारी फलेपछी हिजोआज केशरले मनगये आम्दानी समेत लिन थालिसकेका छन । ४० हजार लगानीबाट तरकारि खेति थालेका उनले अहिले बर्षमा चार पाच लाख रुपैयाँ नगद आम्दानी लिन सफल भएको केशर बताउछन ।

केशरले आफ्नो बारीमा फलेको तरकारी प्युठान सहित छिमेकी जिल्ला गुल्मि र अर्घाखाँचीका विभिन्न बजारमा बिक्री हुने गरेको बताए। ‘तरकारी फलाएर आम्दानी गरेको छु।’उनले भने,’घरखर्च राम्ररी चलेको छ।’

गत माघमा झिमरुक गाउँपालिकाले समेत आफ्नै एस के नेपाल कृर्षि फर्म अबलोकन गरेपछि छ अाेटा टनेललाई पुग्ने पलास्टिक उपलब्ध गराउने आश्वासन दिएपनी अहिले सम्म आफुले नपाएको केशर सुनाउछन। ‘गाउपालिकाको आशमा टमाटर लगाए,सरकारको भर पर्दा बर्बाद भयो,’ उनि भन्छन, ‘असिनापानी र धुपले टमाटर सुक्न र बेर्ना मर्न थाले’ नोक्सानी भयो नि ।’ उनि भन्छन। गाउपालिकाले आस मात्र देखाउदा लाखा‌ैकाे नाेक्सानि ब्यहोर्नु परेको उनको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्