नुवाकोटमा खोलाले बगाउँदा बालकको मृत्यु



नुवाकोट ,जेठ-६ । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका ९  तादी खोलामा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा बिदुर नगरपालिका ५ पिपल्टार क्षेत्रमा मजदुरी काम गरी बस्ने गोरखा बेनिघाट गाउँपालिका ५ तोरी स्वारा घर भएका राम बहादुर मगरको १० वर्षीय छोरा पदम मगर रहेको प्रहरीले जनाएको छ।

उनि बाबुसँगै माछा मार्न गएका थिए । माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएकाले जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी तादीपुलबाट खटिएको प्रहरीले स्थानियवासीको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ५ किमी टाढा उनको शव फेला पारेको थियो  ।

प्रतिक्रिया दिनुहोस्