वनस्थली बस्ने तीन वर्षीय बालकमा समेत कोरोना संक्रमण



काठमाडौं, जेठ-७ । वनस्थली बस्ने तीन वर्षीय बालकमा समेत कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मंगलबार कोरोना संक्रमित घोषणाका क्रममा मन्त्रालयले संक्रमितमध्ये एक जना बालकसमेत रहेको पुष्टि गरेको थियोे ।

ती बालकको अभिभावकको घर लमजुङ भएपनि हाल काठमाडौंमा बस्दै आएका थिए । कोरोना परीक्षणका क्रममा तीन बर्षिय बालक कोरोना संक्रमित भएको खुल्न आएको हो।

ती बालकसहित उनको परिवार  काठमाडौं महानगरपालिका वडा नं १६, वनस्थली बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्