झापामा थप ८ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ४५३ पुग्यो



काठमाडौ,जेठ-८ । झापामा  थप ८ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।

बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिए ।

झापा कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति मा संक्रमण भेटिएको देवकोटाले जानकारी दिए । यस्तै श्रीलंकन गेस्ट हाउस क्वारेन्टाइन लुम्बिनीमा रहेका २७ बर्षिया पुरूषमा संक्रमण भेटिएकाे हाे ।

बिहीबार बिहान मात्र १७ जनामा कोरोना पुष्टि भएको थियो । झापाका संक्रमित सबै आठैजना पुरुष रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् । 

प्रतिक्रिया दिनुहोस्