पोखरीमा डुबेर कपिलवस्तुमा दुई बालकको ज्यान गयो



कपिलवस्तु,जेठ ९ । कपिलवस्तु नगरपालिका ११ जहदीको रेहरा स्थित माछा पोखरीमा डुबेर अढाई बर्षीय जुम्लीया बालकको ज्यान गएको छ।

बिहीबार साँझ साढे ५ बजेतिर घर देखि ५० मिटर टाढा रहेको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको वडा अध्यक्ष रामगोपाल यादवले बताए ।उनका अनुसार स्थानीय करिम शेषका जुम्लीया छोरा नसिफ र रैयानको पोखरीमा डुबेर मृत्यु भएको हो ।

दुबै जना खेल्दै पोखरीमा गएको र अकस्मात पोखरीमा डुबेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्