नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो



काठमाण्डौं,जेठ १० । नेपालमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ। नेपालमा निरन्तर कोरोना संक्रमणले चिन्ता बढाउदै गएका बेला शुक्रबार  बेलुकी थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार थप भएका बाराका ६ जना , भक्तपुरका एक जना , सप्तरीका एक जना र मकवानपुरका एक जना रहेका छन् ।

भक्तपुरमा र मकवानपुरमा भने महिला संक्रमित भेटिएका छन् भने सर्लाही र सप्तरीमा सबै पुरुष संक्रमित छन् । यो सगँै देशभर संक्रमितको संख्या ५ सय १६ पुगेको हो । ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्