थप ३२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५४८ पुग्यो



काठमाडौ,जेठ -१० । थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ५ सय ४८ पुगेको छ।

नया संक्रमितहरु कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं , प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालत कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्