कराची विमान दुर्घटनामा ९२ जनाको मृत्यु भएको पुष्टि



एजेन्सी,जेठ १० । पाकिस्तानमा भएको प्लेन दुर्घटनामा ९२ जनाको ज्यान गएको पुष्टि भएकाे छ । शुक्रबार लाहोरबाट राजधानी कराची तर्फ जाँदै गरेको पाकिस्तान इन्टर्नेशनल एयरलाइन्स (पीआईए)को बिमान दुर्घटना हुँदा ९२ जनाको मृत्यु भएको हो ।

अवतरणका क्रममा बस्तीमा दुर्घटना भएको घटनामा थप विवरण आउन बाकीँ छ । बीबीसीका अनुसार बिमानमा ९१ जना यात्रु र ८ जना चालक दलका सदस्य थिए ।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार लाहोरबाट कराची जाँदै गरेको पीआईए उडान शुक्रबार जिन्ना अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियाे । विमान दुर्घटनाको निष्पक्ष छानविन गर्ने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्