ग्रान्डी अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण भएको पुष्टि



काठमाण्डौ,जेठ १० । ग्रान्डी अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। शनिबार बिहान कोरोना संक्रमितको संख्या अद्यावधिक गर्ने क्रममा भनिएको काठमाडौंका पुरुष धापासीस्थित ग्रान्डी अस्पालमा उपचाररत बिरामी रहेको खुलासा भएको हो ।

उपचाररत बिरामी ३५ वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो ।अहिले बिरामीलाई  टेकु अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको  छ।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गर्ने तयारी समेत गरिएको अस्पताल श्रोतले जनाएको  छ। 

प्रतिक्रिया दिनुहोस्