रसुवामा तीनजनामा कोरोना आरडीटी पोजिटिभ



रसुवा,जेठ १० । रसुवामा तीन जनामा कोरोना आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । शनिबार जिल्लाको नौकुण्ड गाउँपालिकामा कोरोना परीक्षणका क्रममा तीनजनामा आरडीटी पोजिटिभ देखिएको हो।

गाउँपालिकामा शुक्रबार र शनिबार कोरोना परीक्षण गरिएको थियोे ।परीक्षणका क्रममा  ६६ जनाको परीक्षण गरिएको  र तीनजना पुरुषको   रिपोर्ट पोजेटिभ देखिएको जीवजीवे ग्रामीण अस्पतालले जनाएको छ।

आरडीटी पोजिटिभ पाइएको तीनै जनालाई  जीवजीवे ग्रामीण अस्पतालको आइसोलेसनमा ल्याएर राखिने छ अस्पताल श्रोतले जनाएको छ।उनीहरूको स्वाब सङ्कलन गरेर पिसिआरको लागि काठमाण्डौको टेकु अस्पताल पठाईसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्