आरडीटी पोजिटिभ देखिएका नुवाकोटका ८ जनाको रिपोर्ट नेगेटिभ



नुवाकोट,जेठ १० । गत जेठ ६ गते  नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना परीक्षणका क्रममा आरडिटी पोजेटिभ देखिएका  ८ जनाकै  पिसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।

स्वाब संकलनका लागि  काठमाडौ पठाइएको आठै जनाको पिसीआर रिपोर्ट  नेगेटिभ देखिएको त्रिशुली अस्पतालका डा. रेमकुमार राईले बताए । डा. राईका अनुसार पिसीआर नेगेटिभ देखिनेहरुमा विदुर नरगपालिकाका एक वडाध्यक्षसहित एक जना आइसोलेसन वार्डका विरामी र नगरपालिकाका कर्मचारीहरु रहेको बताइएको छ ।

उनीहरुलाई आजै डिस्चार्ज गरिएको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्