आज चन्द्रमा नदेखिएको भन्दै ईदको भोलि बिदा



काठमाडौं, जेठ ११ । आज चन्द्रमा नदेखिएको भन्दै ईदको भोलि बिदा दिने सरकारले निर्णय गरेको छ।यसो भन्दै सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याएको हो । यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

गृह मन्त्रालयले पुनः अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ । गृह मन्त्रालयको संशोधित सूचनामा अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको  बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्