सर्पको टोकाइबाट बालिकाको मृत्यु



दाङ,जेठ ११ । सर्पको टोकाइबाट बालिकाको मृत्यु भएको छ।सर्पको टोकाइबाट लमही नगरपालिकामा एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा लमही–९ तेलियाका धनबहादुर कुमालकी नौ वर्षीया छोरी रेश्मा कुमाल रहेकी छिन।

आमासँगै घरको पेटीमा खेल्दै गरेकी बालिकालाई शनिबार सर्पले टोकेको हो । सर्पले टोकेपछि समयमै उपचार नपाउँदा बालिकाको मृत्यु भएको हो ।

मृतक बालिकाका आफन्तले धामीझाँकी बोलाउन खोज्दा उपचारमा ढिलाइ भएपछि निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्