नुवाकोटमा पहिलो कोरोना संक्रमित भेटिए,औपचारिक पुष्टि हुन बाकी



नुवाकोट,जेठ ११ । नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभयो । अध्यक्ष लामाका अनुसार काठमाडाैँ महानगरपालिकाको समन्वयमा गत ६ गते भएको कोरोना परीक्षणका क्रममा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्थानीस्तरमा राजनीति कार्यकर्ताका रुपमा समेत रहेका कोरोना पुष्टि भएका ती पुरूषले विभिन्न कार्यक्रममा समेत सहभागिता जनाएको बुझिएको छ। संक्रमण पुष्टि भएसंगै  ती ब्यक्तिलाई काठमाडौँ लैजाने तयारी भएको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  यसको औपचारिक पुष्टि गर्न भने बाकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्