सत्तारुढ नेकपा नुवाकोटका युवा नेतामा कोरोना संक्रमण पुष्टि



नुवाकोट जेठ ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नुवाकोटका युवा नेतामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार सरकारद्वारा आयोजित नियमित स्वास्थ्य ब्रीफिङका क्रममा  नेकपा नुवाकोटका ककनि ओखरपौवा निवासी प्रदेश कमिटि सदस्यमा कोरोना संक्मण पुष्टी भएको हो ।

स्थायी ककनी गाउँपालिका–३ ओखरपौवा वतन रहेको ३८ वर्षीय संक्रमित नेकपाका बाममति प्रदेश कमिटी सदस्य र युवा संघका पदाधिकारी समेत हुन ।

उनी केही दिन अघि मात्रै काठमाण्डौ महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धि बैठकमा समेत सहभागी भएको बुझिएको छ ।

यस अघि भक्तपुरका  एक जनप्रतिनिधिमा समेत कोरोना संक्रमण  भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्