प्युठानमा चट्याङ लागेर एक जनाको ज्यान गयो



राम बहादुर बिश्वकर्मा,जेठ १५ । प्युठानमा चट्याङ लाग्दा बुधबार एक जनाको ज्यान गएको छ। गौमुखी गाउँपालिका वडा नंवर ६ का ११ वर्षीय दिपक सुनारको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डीएसपी नरेन्द्रकुमार कार्कीका अनुसार उनको स्वास्थ्य चौकी लिबाङ्ग लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । त्यस्तै,हावाहुरीसँगै परेको चट्याङ लाग्दा स्थानिय २५ बर्षीया सुरेश बि.क. घाईते भएका छन।उनको टाउकोमा चोट लागेको छ।

घाईते सुरेशलाई उपचारका लागी जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।

प्रतिक्रिया दिनुहोस्