नुवाकोटको बेलकोटमा स्वास्थ्य सामग्री प्रदान



नुवाकोट,जेठ १६ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ मा स्थानीयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि स्थानीय युवा इन्द्र लामाले स्थानीयलाई २०० मास्क प्रदान गर्नुभएको हो ।

विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ )को विरुद्ध लड्न अपनाउनु पर्ने सीप तथा ब्यवहारिक जीवनका बारेमा समेत स्थानीयलाई सचेतना प्रदान गरिएको थियो ।

कार्यक्रममा शुभ आरम्भ अनलाइन क्लबका अध्यक्ष डिल बहादुर लामा, बेलकोटगढी-४ दियालेका युवा नेता शेरब लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्