बालाजु सडक दुर्घटनामा दुई युवकको ज्यान गयो



काठमाण्डौ,जेठ १६ । बालाजु सडक दुर्घटनामा दुई युवकको ज्यान गएको छ। काठमाडौस्थित बालाजुमा भएको सडक दुर्घटनामा दुई युवकको ज्यान गएको हो । बिहिवार राति मिनिट्रक र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

महाशाखाका अनुसार गोगंबुबाट बालाजु तर्फ आउदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै मृत्यु भएको बताएको छ ।

मिनिट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्