कोरोनाले दैलेखमा युवकको ज्यान लियो ,मृत्यु हुनेको संख्या ७ पुग्यो



काठमाडौँ ,जेठ १८ । कोरोना भाइरसको संक्रमणले दैलेखका एक ३५ वर्षीय पुरुषको ज्यान गएको पुष्टि भएको छ । ती युवक दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा उपचारका क्रममा  शनिबार बिहान मृत्यु भएको थियो ।

१० दिनअघि भारतबाट आएका मृतकको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर  लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्