धारिलो हतियार प्रयोग गरी कपिलवस्तुमा एकको हत्या



कपिलवस्तु । धारिलो हतियार प्रयोग गरी  कपिलवस्तुमा एकको हत्या भएको छ । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा धारिलो हतियार प्रयोग गरी गएराति एक व्यक्तिको हत्या भएको हो ।

हत्या भएको ब्यक्ति हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारी रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीका अनुसार हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। मदिरा सेवन गरेको अवस्थामा समान्य विवाद हुँदा चौधरीले तिवारीमाथि हातियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतक तिवारीको बायाँ आँखा किनारमा चोट देखिएको र घाँटीमा काटिएको अवस्थामा घर नजिकैको बारीमा शव फेला परेको प्रहरी निरीक्षक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्