प्रहरी चौकी आक्रमण गर्ने वडाध्यक्ष पक्राउ



काठमाडौ , जेठ २२ । प्रहरी चौकी आक्रमणको नेतृत्व गर्ने वडाअध्यक्ष दिपक केसी पक्राउ परेका छन् । मंगलबार साँझ रुकुमको मुसिकोटस्थित छिवाङ ज्यलुलामा रहेको प्रहरी चौकी आक्रमणको नेतृत्व गर्ने केसीलाई बुधबार पक्राउ गरिएको हो ।

कर्णाली प्रदेशका प्रहरी प्रवक्ता डिएसपी लोकनाथ तिम्सिनाका अनुसार मादक पदार्थ सेवन गरेको २५ जना युवाको समूहले वडाअध्यक्ष केसीको नेतृत्वमा चौकीमा आक्रमण गरेका थिए ।

प्रहरीहरु खाना खाइरहेका बेला भएको आक्रमणका कारण चौकीको पोष्ट समेत भत्किएको थियो भने उनीहरुले २ जना प्रहरीलाई कुटपिट समेत गरेका थिए । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ प्रहरी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्