बिहिबार एकैदिन ३३४ जनामा थप काेराेना संक्रमण , संक्रमितको संख्या २६३४ पुग्यो



काठमाडौ,जेठ २२ । बिहिबार एकैदिन ३३४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जनाएका छन् ।

देवकोटाका अनुसार बिहिबार थप ३३४ जनामा संक्रमण देखिएको हो । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २६३४ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २९० पुगेको छ ।

जसमध्ये अहिलेसम्म १० जनाको मृत्यु कुल ६५ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्