रुखबाट लडेर पाल्पामा एकजनाको ज्यान गयो



पाल्पा,जेठ २२ । पाल्पामा रुखबाट लडेर बिहिबार एकजनाको ज्यान गएको छ।

जिल्लाको रामपुर नगरपालिका वडा नंवर १० कुमाल गाउ बस्ने खेम बहादुर कुमालको छोरा १७ बर्षीया झरना बहादुर कुमालको रुखबाट लडेर ज्यान गएको हो। थोत्रिबारी टारी मुहान भन्ने ठाउमा रुखमा चढेर आँप झार्ने क्रममा लडेर ज्यान गएको प्रहरीले बताएको छ।

प्रहरी चौकी हुँगी पाल्पाले दिएको जानकारी अनुसार अचानक रुखको हागाँ भाचिएपछी खसेर घटनास्थलमानै उनको मृत्यु भएको हो। घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्