गोरखामा लोपोन्मुख तामे सालक फेला



गोरखा,जेठ २५ ।  गोरखामा लोपोन्मुख तामे सालक फेला परेको छ । गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको हो । डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालका अनुसार स्थानीय होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको  जानकारी हो । 

फेला परेको उक्त सालकलाई वन कार्यालयबाट गएको टोलीले उद्धार गरेको उनले बताए । “शनिबार फेला परेको सालक तामे सालक हो, यसलाई पमा समेत भनेर चिन्ने गरिन्छ”, उनले भने । सालकको आहारा कमिला तथा धमिरालगायतका किरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने उनको भनाइ छ ।

उद्वार गरिएको सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक वनमा छाडिएको उनले बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्