रोल्पा पहिलो पटक ३ जनामा कोरोना संक्रमण



रोल्पा। रोल्पामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा २ जनामा र राप्ती स्वास्थ्य प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित सुनिलस्मृति गाँउपालिका वडा नम्बर ५ क्वालिगाउँका २ जना र सोहि गाउँपालिका वडना नम्बर ६ गजुलका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।

संक्रमित २० , २७ र २२ वर्षका पुरुष हुन । उनीहरु जेठ १२ गते भारतमा आएर सूर्योदय आधारभूत विद्यालय क्वालिगाउँ र जनज्योती मा.वि. गजुलको क्वारेन्टिमा बसेको थिए ।

कोरोना संक्रण भएका तीनै जनालाई रोल्पा अस्पताल रेउघास्तिथ आइसोलेसनमा ल्याउने तयायरी भई रहेको निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्