चर्चित भारतीय अभिनेता चिरञ्जीवीको निधन



एजेन्सी ,  जेठ २६ । चर्चित भारतीय अभिनेता चिरञ्जीवी सर्जाको निधन भएको छ।

उनको ३९ वर्षको उमेरमा आइतबार निधन भएको हो । हृदयघातका कारण चिरञ्जीवीको निधन भएको कर्नाटकका मुख्यमन्त्री बीएस यदीयुरप्पाले पुष्टि गरे ।

उनले २० वटा चलचित्रमा काम गरेका थिए। तीमध्ये ‘अम्मा आइ लभ यु’ निकै चर्चित बनेको थियो।

सन् २०१८ मा उनको अभिनेत्री मेघना राजसँग विवाह भएको थियो।

प्रतिक्रिया दिनुहोस्