रुपन्देही घटना : हत्या भएका ५ जनाकै पहिचान खुल्यो



रुपन्देही,जेठ २७ । सोमबार राति रूपन्देहीमा ५ जनाको सामुहिक हत्या भएको छ। जिल्लाको तिलोत्तमा नगरपालिका वडा नंवर १० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेको प्रहरीले बताएको हो । मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् ।

घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।यसरी मृत्यु हुनेमा रूपन्देही मुगिया बालापुरका ४० बर्षीय माधव मुसहर, उनको ३७ बर्षीय श्रीमती जानकी मुसहर,ठेगाना नखुलेका १४ बर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ बर्षीय करण चौधरी र १५ बर्षीय आसिष चौधरी रहेको प्रहरीले जनाएको छ । घटना गएरातिको हो ।

प्रहरी स्रोतका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । उनिहरु सबै स्थानीय कृष्ण पुनको गंगादेबी पशु गाई फर्ममा काम गर्ने मजदुर रहेको स्थानियले बताए।

प्रहरीले घटनाको अनुसन्धान गर्न घटनामा संलग्न भएको आशंकामा सुर्खेत घरभएका ३२ बर्षीय झसेन्द्र सेङजालीलाई पक्राउ गरेको छ । प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान सुरू गरेको छ । थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्