ज्वाइँद्वारा सासूको हत्या



हेटौडा, जेष्ठ २९। मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन्  । प्रहरीका अनुसार  मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया बम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेका हुन ।

अपाङ्गता भएकी छोरीसँग वृद्धा बस्दै आएकी थिइन । गत बैशाखदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार समेत रहेका नेपाली संगै बस्दै आएका थिए ।

वृद्धाका ज्वाईं नेपालीले धारिलो हतियार प्रहार गरेर सासूको हत्या गरेको  मकवानपुरगढी गाउँपालिका वडा नं १ का अध्यक्ष आइतसिंह लामाले जानकारी दिनुभयो ।

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्