आफैँलाई गोली हानी सैनिकले गरे आत्महत्या



काठमाडौ ,जेठ ३० । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत एक सेनाले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । गए राति १२ बजे आफैँले बोकेको एसएलआरबाट उनले आत्महत्या गरेको सेनाले जनाएको छ । आत्महत्या गर्नेमा प्युठ डम्बरबहादुर विष्ट रहेका छन् ।

विष्ट अस्पतालको सुरक्षामा खटिएका थिए । उनले डिउटी परिवर्तन हुने समयमा आफूले आफैँलाई गोली प्रहार गरेका थिए ।  उनको घटनास्थलमै मृत्यु भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताएका छन।

डिउटी परिवर्तन गर्ने समयमा अर्का सिपाही शौचालय गएका वेला उनले आफैँलाई गोली हानेका थिए।

सेनाले घटनाको थप  अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्