कार दुर्घटनामा नवलपरासी  प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्माको मृत्यु



नवलपरासी पश्चिम , जेठ ३२ ।नवलपरासी पश्चिमस्थित  प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्माको सडक दुर्घटनामा मृत्यु भएको छ । गाउँपालिकाबाट परासी जाने क्रममा अध्यक्ष शर्मा  सवार कार दुर्घटनामा परेको हो ।

उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाट मा दुर्घटनामा परे लगत्तै उपचारार्थ चिसापानी लगिएको थियो । शर्मा संगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केशीले बताउनुभएको छ ।

उनी खतरामुक्त रहेको बताईएको छ । कार बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको हो ।

अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जादैहुनुहुन्थ्यो । शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्