लोक तथा दोहोरी प्रतिष्ठान गुल्मीले स्वास्थ्य सामाग्री सहयोग



अनिल खत्री, जेठ ३२ ।गुल्मीस्थित लोक तथा दोहोरी गीत प्रतिष्ठानले क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको संक्रमणको सर्तकताका लागि क्वारेन्टाइनमा बसेका जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौरमा स्वास्थ्य सामाग्र सहयोग गरेको प्रतिष्ठान गुल्मीका निर्वतमान अध्यक्ष जनक पन्थले बताए । प्रतिष्ठानका पदाधिकारीहरुले वडामै पुगी १ सय ५० पिस माक्स, २ लिटर सेनीटाइजर सहयोग गरेका हुन् । स्वास्थ्य सामग्री प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रीले वडा नम्बर–१३ का वडाअध्यक्ष खुमबहादुर खत्रीलाई हस्तातरण गरेका थिए ।

सामाग्री हस्तान्तरण गर्दै प्रतिष्ठानका अध्यक्ष खत्रीले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट बच्न क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई केही भए पनि राहत मिलोस् भन्नका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताए । बिश्व नै महामारीमा लडिरहेको बेला प्रतिष्ठानले गरेको सहयोग उदारणीय रहेको वडाअध्यक्ष खत्रीले बताए ।

बिश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) का कारण महामारीको चपेटामा छ । यतिबेला नेपालमा पनि बिभिन्न संघ संस्थाले कोरोना भाइरससँग सम्बन्धीत रहेर स्वास्थ्य लगायत बिभिन्न सहयोग गर्दै आएका छन् ।

प्रतिष्ठान गुल्मीले भारतबाट आएर क्वारेन्टाइनमा सबेकाहरुलाई लक्षित गरि जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर १ र २ मा १५ हजार बराबरको माक्स, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको प्रतिष्ठान गुल्मीका पन्थले बताए । प्रतिष्ठानका पदाधिकारीहरुले वडामै पुगी २ सय पिस माक्स, ४ लिटर सेनेटाइजर सहयोग गरेका हुन् ।

प्रतिष्ठान गुल्मीले लोक संस्कृति संरक्षणसँगै जिल्लामा बिपद व्यवस्थापनमा समेत सहयोग गर्दैै आएको छ ।

प्रतिक्रिया दिनुहोस्