आजबाट सबै सरकारी कार्यालय खुला,दुई सिफ्टमा संचालन हुने



काठमाडौ,असार १ । आजबाट लकडाउनबाट खुकुलो भएको छ । यसअघि कोरोना भाइरसको रोकथामका लागि अपनाइएको लकडाउन खुकुलो बनाउदै लैजाने तयारी सरकारले गरेको हो । जस अनुसार आजबाट सबै सरकारी कार्यालय खुल्नेछन् ।

सरकारी कार्यालय खोलिएपनि भीडभाड कम गर्ने गरी खोल्ने तयारी भएको श्रोतले उल्लेख गरेको छ । यस क्रममा कोरोना भाइरस रोकथामका उपाय पुर्णरुपमा अवलम्बन गरिनेछ ।

सरकारी कार्यालय शुरुमा २ बजेसम्म खोलिने छ । त्यसपछि दुई सिफ्ट गरी ८ देखि २ र २ देखि ६ बजेसम्म खोलिने तयारी गरिएको छ ।

काठमाडौं उपत्यका भित्र आउन र बाहिर जान विशेष व्यवस्था गरिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले हिजो सुचना जारी गरिसकेका छन् । त्यसका लागि कागजातसहित निवेदन दिनुपर्नेछ ।

सार्वजनिक यातायात पनि खोल्ने तयारी भएको छ । ट्याक्सी सञ्चालनमा आइसकेको छ । निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्