अक्सिजन कन्सन्ट्रेटर सहयोग : गम्भीर बिरामीलाई विदुर नगरपालिकाको साथ



नुवाकोट, वैशाख १७ । विदुर नगरपालिका–१२ चारघरे निवासी रामकृष्ण विश्वकर्माका छोरा जितबहादुर विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई अत्यावश्यक अक्सिजन सहयोग प्रदान गरिएको छ।

वडा नं. १२ कार्यालयबाट प्राप्त जानकारीअनुसार लामो समयदेखि अक्सिजनको सहारामा रहनुभएका बिरामी जितबहादुरका लागि आवश्यक सहयोग जुटाउन निवेदन परेपछि विदुर नगरपालिकाले पहल गरेको हो। सोही आधारमा नगरप्रमुख राजन श्रेष्ठमार्फत एक थान अक्सिजन कन्सन्ट्रेटर उपकरण हस्तान्तरण गरिएको जनाइएको छ।

नगरपालिकाले ज्येष्ठ नागरिक तथा गम्भीर प्रकृतिका बिरामीहरूलाई लक्षित गरी आवश्यक सहायता सामग्री तथा स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आइरहेको जनाएको छ। साथै, यस्ता सुविधाबाट वञ्चित रहेका नागरिकलाई आवश्यक कागजातसहित प्रक्रिया पूरा गरी सम्पर्कमा आउन नगरप्रमुख श्रेष्ठले अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्