एमसीसीको बिरोधमा झोरका युवाद्वारा प्रदर्शन



काठमाडौ,असार १। अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिरोधमा टोखा नगरपालिका १ झोरस्थित युवाहरूले प्रदर्शन गरेका छन।

 झोरस्थित सिमा चौरमा भेला भइ स्थानीय युवाहरूले एमसीसीको बिरोध गर्दै नारा लगाएका थिए।देश बेच्न पाईदैन,राष्ट्रघाती निर्णय बन्द गर जस्ता नारायुक्त प्ले कार्ड सहित युवाहरु उपस्थित रहेको स्थानीय युवा सुमन धितालले बताए।

 देशको कठिन परिस्थितिमा देशलाई नै घातक हुने एमसीसी पारित हुनु देशको लागि दुर्भाग्य हुने युवाहरूले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्