मंगलबार थपिएका ३८० कोरोना संक्रमित कुन कुन जिल्लाका?
काठमाडौ,असार २ । मंगलबार विभिन्न जिल्लामा थप ३ सय ८० जनामा कोरोना संक्रमित पुष्टि भवनमा छ । पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसंगै नेपालमा हालसम्म संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप संक्रमितहरु महोत्तरीमा ८९ जना, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण भएको छ ।
यस्तै, अर्घाखाँची ९ जना, बर्दियाका पनि ९ जना, दैलेखका ५, रुपन्देहीका ४ जना, स्याङ्जाका ४ जना र सुर्खेतका ४ जना, नवलपुर ३, कास्की ३, र सप्तरीका ३ जना, सुनसरी, सिरहा, पर्सा, तनहुँका २-२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका १-१ जनामा संक्रमण भएको गौतमले बताए । विभिन्न जिल्लामा नयाँ ३ सय ८० सहित देशैभर कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको जानकारी दिए ।
पछिल्लो २४ घन्टामा १ सय १७ जना उपचारपछि घर फर्किएका छन् ।