बिहिवार थपिएका ६७१ संक्रमित कुन जिल्लाका कति?



काठमाडौ,असार ४ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थप ६ सय ७१ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको जानकारी दिएका छन् ।

पछिल्लो २४ घन्टामा १९ जना उपचापछि घर फर्किएका छन् । अहिलेसम्म देशभर १ हजार १ सय ८६ जना उपचारपछि घर फर्किएका छन् । देशभरका विभिन्न क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ रहेका छन् ।

नयाँ संक्रमितको विवरण

झापाका २ जना
मोरङका १जना

अछाममा ४२ जना
बैतडीमा २५ जना
बाजुरामा ४१ जना
भक्तपुरका ३ जना
डडेलधुराका ८४ जना
कैलालीका २१ जना
कपिलबस्तुमा १६ जना
काठमाडौंका २ जना
नुवाकोटका २ जना
रौतहटका ३४ जना
रुपन्देहीका ३ जना
सर्लाहीमा २ जना
सिन्धुलीमा २ जना
ललितपुरमा १ जना
नवलपरासीमा १ जना
महोत्तरीमा १ जना

पर्वतमा ५ जना
चितवनमा १ जना
नवलपरासीपूर्वमा १ जना

धनुषामा २९ जना
बागलुङमा १ जना
मनाङमा १ जना
नवलपरासी पूर्वमा ३०
स्याङ्जामा ९ जना
पर्वतमा ४ जना
तनहुँमा १५ जना
गोरखामा ११ जना

गुल्मीका ३ जना
कपिलबस्तुका १ जना
पाल्पका ६ जना
रुपदन्ेहीका ९ जना
रोल्पाका १ जना
नवलपरासीका १ जना
अर्घाखाँचीका ९७ जना

बाँकेका ३ जना
बर्दियाका ३ जना
कैलालीका १ जना
दैलेखका १ जना

दाङका ४ जना

दैलेखमा ८६ जना
सुर्खेतमा ३४ जना

अछाममा २ जना
बझाडमा २ जना
कंचनपुरमा २ जना
कैलालीमा २० जना
डोटीमा ५ जना

प्रतिक्रिया दिनुहोस्