बागमती प्रदेशभर कोरोना संक्रमितको संख्या २४४ पुग्यो



काठमाडौ, असार-५  । बागमती प्रदेशभर कोरोना संक्रमितको संख्या २ सय ४४ पुगेको छ । बिहिबार प्रदेशको ७ वटा जिल्लामा ११ संक्रमित थपिएका छन । योसंगै संक्रमितको संख्या २ सय ४४ पुगेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार संक्रमितहरुमध्ये भक्तपुरका २ पुरुष र १ महिला,नुवाकोटका २ पुरुष,काठमाण्डौकी १ महिला र १ पुरुष,ललितपुरका १ पुरुष,सिन्धुपाल्चोकका १ पुरुष,चितवनका १ पुरुष र सिल्धुलीका १ पुरुष गरि ११ जना संक्रमित थपिएका हुन् ।

बागमती प्रदेशभर कोरोनाको कारण हालसम्म ४ जनाको मृत्यु भएको छ भने ५० संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका  छन् ।

प्रतिक्रिया दिनुहोस्