नुवाकोटको छहरे बजारबाट खैरो हिरोइनसहित ५ जना पक्राउ
नुवाकोट,बैशाख ८— जिल्लाको लिखु गाउँपालिका–६ स्थित छहरे बजारबाट खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्।
वैशाख ५ गते राति करिब ८ बजे छहरे बजारस्थित एक होटल रेष्टुरेन्टको कोठामा बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा रसुवाको उत्तरगया गाउँपालिका–४ का २४ वर्षीय सुवास वाईवा, सोही स्थानका २२ वर्षीय चित्रबहादुर तामाङ, कालिका गाउँपालिका–३ का २४ वर्षीय सुमन घर्ति मगर, नुवाकोटको किस्पाङ गाउँपालिका–१ का २७ वर्षीय तुलसिंह तामाङ र विदुर नगरपालिका–१० का सुमन तामाङ रहेका छन्।
उनीहरुको साथबाट ३.६८ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ। यस सम्बन्धमा वैशाख ७ गते नुवाकोट जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

